पपुवा न्युगिनीले नेपाललाई दियो १८० रनको लक्ष्य

पपुवा न्युगिनीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको छ।

काठमाडौँ– आईसीसी लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनीले नेपाललाई १८० रनको लक्ष्य दिएको छ।

दुबईमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको हो।

पपुवा न्युगिनीका ओपनर टोली उराले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा २ चौका र १ छक्का प्रहार गरे।

हिरि हिरिले ६३ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाए। अर्का ओपनर किप्लिन डोरिगाले २६, गौडी टोकाले १५, हिला भारेले १४, सेसे बाउ र कप्तान असद भालाले ११/११ रन बनाए।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए। सन्दीप लामिछाने, करण केसी र कुशल मल्लको नाममा १/१ विकेट रह्यो।