राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन ८ दलको बैठक बस्दै

शनिबार दिउँसो एक बजे संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।

काठमाडौँ– राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थकको टुंगो लगाउन आठ दलीय गठबन्धनको बैठक बस्दै छ।

शनिबार दिउँसो एक बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए। “हाम्रो पार्टीले राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने निर्णय गरिसकेको छ,” उनले उकालोसँग भने, “गठबन्धनबाट प्रस्तावक र समर्थक को बस्ने निर्णय गर्न बैठक बस्न लागेको हो।”

नयाँ गठबन्धनले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको छ। आज बिहान बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। राष्ट्रपतिका लागि आजै मनोनयन दर्ताको समय तोकिएको छ।