सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको प्रतिक्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ मूल्य निर्धारण गरेको जानकारी दिइन्।
काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ मूल्य निर्धारण गरेको जानकारी दिइन्।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षका लागि तोकिएको मूल्य १ सय ८६ रुपैयाँ बढी हो। गत आर्थिक वर्ष २०७८/७९ का लागि गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ६५ रुपैयाँ तोकेको थियो। यो वर्ष सरकारले विगतका वर्षहरूमा भन्दा छिट्टै मूल्य निर्धारण गरेको हो।
सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेस गर्ने स्वीकृति दिएको छ। मन्त्री शर्माले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय भएको बताइन्।
उनले २०७९ चैत्र १३ देखि १६ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने १० औँ एशिया प्यासिफिक फोरम अन सस्टेनेबल डेभलवभेन्ट कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताइन्। सरकारले २०७९ चैत्र १ देखि १४ गतेसम्म स्वीट्जरल्यान्डको जेनेभामा आयोजना हुने प्रमोटिङ डिसन्ट इम्प्लोयमेन्ट फर वुमेन थ्रोउज इन्क्लुसिभ ग्रोथ पोलिसेस एन्ड इन्भेसमेन्ट इन द केयर इकोनोमी विषयक कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँललाई स्वीकृति दिएको छ।
मन्त्रिपरिषद् बैठकले विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। मध्यस्थता विवाद चलिरहेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौता अन्त्यसम्बन्धी निर्णयउपर दर्ता भएको मध्यस्थता विवादको निर्णय नभएसम्म थाइल्यान्डस्थित नेपाली राजदूतावासले खानेपानी मन्त्रालयसँग निकट सम्पर्क र समन्वयमा रही कानूनी प्रतिरक्षासम्बन्धी आवश्यक कामकाज गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
त्यस्तै, सरकारले फागुन १७ गते सुडानमा हुने फम्र्ड पुलिस युनिट (एफपीयू)को मेडल परेड कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सहभागी हुन स्वीकृति दिएको छ। दक्षिणकाली नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्नका लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने, फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म बेलायतमा हुने स्कुल लिडरसिप स्टडी भिजिट मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) रामकृष्ण सुवेदीलाई भाग लिन स्वीकृति दिने, संघीय संसद् सचिवालयमा दर्ता भई हाल राष्ट्रियसभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता लिन स्वीकृति दिने निर्णय भएको छ।
त्यस्तै, सरकारले २०७९ फागुन २३ देखि २५ सम्म जर्मनीको बर्लिन शहरमा आयोजना हुने इनटरनेसन टुरिजम बोर्स (आइटीबी) बर्लिन २०२३ पर्यटन बेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई सहभागी हुन स्वीकृति दिने, राष्ट्रिय तथ्यांक कार्यालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने, नेपाल दूरसञ्चार प्राधिकरणमा कानून सदस्यको पदमा नाम सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। प्रवक्ता शर्माले सरकारले लोकसेवा आयोगको सिफारिसबमोजिम स्वास्थ्य सेवाको एघारौँ तहमा दुई जनालाई नियुक्ति तथा पदस्थापन गर्ने निर्णय भएको पनि बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
