ज्येष्ठ नागरिक र अशक्तले पशुपतिनाथको दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ।
काठमाडौँ– महाशिवरात्रिका दिन शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड लागेको छ। पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
रातिदेखि नै शान्ति सुरक्षाको व्यवस्था पनि कडा बनाइएको छ। पाशुपत क्षेत्रका विभिन्न स्थानमा सुरक्षाकर्मी तैनाथ रहेका छन् । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक–एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिङलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक–एक गरी दुई लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए।
ज्येष्ठ नागरिक र अशक्तले भने दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ। भक्तजनको लामको व्यवस्था, सुरक्षा, आवास, तथा प्राथमिक स्वास्थ्योपचार लगायतको पनि व्यवस्था गरिएको कोषका सदस्य पूर्णसंगम जेठाराले बताए। “भक्तजनलाई समस्या नहोस् भनेर हामीले सबै व्यवस्था मिलाएका छौँ, समस्या परेको ठाउँमा तत्काल टोली पुग्ने छ,” उनले भने।
मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भिडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक परिचालन गरिएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए।
पाशुपत क्षेत्र मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रिमा समेत गाँजा, भाङ, जाँडरक्सीजस्ता नशालु पदार्थको बिक्रीवितरण, ओसारपसार एवं प्रयोगमा प्रतिबन्ध लगाइएको छ। कसैले प्रयोग गरको पाइए तत्काल कारबाही गरिने उनको भनाइ छ।
कोषले दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था मिलाएको छ। दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण भइरहेको, हंसमण्डप, वनकालीको खुला स्थान र तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकिएको सदस्य सचिव डा. थापाले बताए। आवास क्षेत्रमा विभिन्न संस्थाले निःशुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाएका छन् ।
विगतका केही वर्ष कोरोना महामारीका कारण भक्तजन खासै नआए पनि यो वर्ष कोरोना महामारी हटेका कारण पशुपतिनाथमा आउने भक्तजन तथा साधुको सङ्ख्या बढेको कोषले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
