पुस र माघमा बढी चिसो हुने भएकाले मनाङका विद्यालय दुई महिना बन्द गर्नुपर्ने बाध्यता छ।
मनाङ– हिमाली जिल्ला मनाङका विद्यालय खुल्न थालेका छन्। चिसो कम भएसँगै हिउँदे बिदा सकिएपछि विद्यालय सञ्चालनमा आएका हुन्।
जिल्लाको माथिल्लो क्षेत्रका केही विद्यालय भने फागुन १५ देखि खुल्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंले जानकारी दिए। चपाईंका ती विद्यालयका विद्यार्थी तथा शिक्षक मंसिर अन्तिम साता अर्धवार्षिक परीक्षा सकेर चिसो छल्न औल झरेका थिए।
हिमपात नहुँदा विद्यालय छिट्टै सञ्चालन गरिएको उनको भनाइ छ। “यस वर्ष हिमपात भएन, जसले गर्दा मनाङवासी छिट्टै फर्किए र अभिभावकसँगै बालबालिका आएपछि नियमित कक्षा सञ्चालन गरेका हौँ,” उनले भने। विगतमा मंसिरमै वार्षिक परीक्षा सकेर चिसो छल्न बेँसी झर्ने प्रचलन थियो। गत वर्षदेखि अन्य जिल्लासँग पठनपाठनको समानताका लागि चैतमा वार्षिक परीक्षा गर्न थालिएको उनले बताए। पुस र माघमा बढी चिसो हुने भएकाले दुई महिना विद्यालय बन्द गर्नुपर्ने बाध्यता नै छ।
फागुन १ देखि सदरमुकाम चामे र नासों गाउँपालिकाका विद्यालयमा नियमित पढाइ सञ्चालन भएको हो। सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय आवासीय रूपमा सञ्चालन भएको छ। विद्यालय टाढा हुँदा समस्या हुनाका साथै विद्यार्थीलाई जिल्लामा नै टिकाउन आवासीय विद्यालय सञ्चालन गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। “विद्यालय आवतजावतमा समस्या हुँदा विद्यार्थी घट्न थाले। आवासीय बनाएपछि विद्यालयमा विद्यार्थी राम्रै छन्”, अध्यक्ष घलेले भने।
संघीयता कायम भएपश्चात् चामेका पाँच विद्यालयलाई एकीकृत गरी आवासीय बनाइएको उनको भनाइ छ। जिल्लाका लोकप्रिय माध्यमिक विद्यालय र तिमाङस्थित गौरीशंकर आधारभूत विद्यालयमा आवासीय रूपमा पठनपाठन भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
