मन्त्रीहरूको धारणापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने र उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएको बताएका थिए।
काठमाडौँ– सरकारका तीन जना मन्त्रीले अहिलेको मौद्रिक नीति, बैंकहरूले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएको भन्दै तत्काल निकास दिनुपर्ने धारणा राखेका छन्।
प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा उनीहरूले मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्नुपर्ने धारणा राखेका हुन्। बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले अहिलेको मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका हुन्।
सरकारले यस विषयमा निकास ननिकाले उद्योग व्यवसाय र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने धारणा मन्त्रिपरिषद् बैठकमा राखेको गृहमन्त्री खाँणले जानकारी दिए। मौद्रिक नीति र बैंकको ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था आएको भन्दै उद्योगी व्यवसायीले मन्त्रीहरूसँग गुनासो गरेका थिए। उनीहरूको गुनासोलाई लिएर मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले धारणा राखेका हुन्।
तीन मन्त्रीको धारणापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने र उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएको बताएका थिए। अहिलेको मौद्रिक नीति र चर्को ब्याजदरका कारण मुलुकको अर्थतन्त्र र राजश्वमा गम्भीर प्रभाव पार्नेबारे आफू जानकार रहेको र सबै पक्षसँग संवाद गरी समस्याको समाधान निकाल्ने उनको भनाइ थियो।
गलत मौद्रिक नीतिका कारण आफूहरूले व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायी सम्बद्ध संघ-सस्थाहरूले प्रधानमन्त्री देउवा र मन्त्रीहरूको पटक पटक ध्यानाकर्षण गराउँदै आएका छन्।
गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात खुल्यो
सरकारले गाडी, मदिरा, मोबाइल र १५० सीसीमाथिका मोटरसाइकलको आयातको प्रतिबन्ध हटाएको छ। मन्त्रिपरिषद् बैठकले पुषदेखि लागू हुने गरी ती सामग्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
विदेशी मुद्रा सञ्चिति घट्न थालेपछि सरकारले वैशाख १३ देखि विभिन्न १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो। गत भदौमा ६ प्रकारका वस्तुमा लगाइएको प्रतिबन्ध हटाएर सवारीसाधन, तीन सय डलरमाथिका मोबाइल, १५० सीसीमाथिका मोटरसाइकल र विदेशी तयारी मदिरामाथिको प्रतिबन्ध लम्बाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
