पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै साविक उपविजेता क्रोएसिया कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा पुगेको छ।
काठमाडाैँ– पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै साविक उपविजेता क्रोएसिया कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा पुगेको छ।
अल जनाउव रंगशालामा सोमबार सम्पन्न खेलमा क्राेएसियाले जापानलाई ३-१ ले पराजित गरेकाे हाे। निर्धारित समयसम्म क्रोएसिया र जापानले १-१ गोलको बराबरी खेलेसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो। जारी विश्वकपमा अतिरिक्त समयमा धकेलिएको यो पहिलो खेल हो। अतिरिक्त समयमा पनि गाेल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
जापानका टाकुमी मिनामिनो, काउरु मितोमा र माया योशिदाको प्रहार क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले बचाए। जापानका लागि एक मात्रै गोल ताकुमा असानोले गरे। यता, क्रोएसियाका निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिच र मारियो पासालिकले गोल गरे। मार्को लिभाजाको प्रहार भने जापनी गोलरक्षकले रोके।
४३औँ मिनेटमा जापानका दाइजेन माइडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सट कर्नरमा आएको बललाई डन योशिदाले हेडर गर्दै क्रोएसियाको पोष्टनजिक पुर्याएका थिए। तर, डिफेन्डरले उक्त बललाई क्लिअर गर्न सकेनन् र माइडाले बल नियन्त्रणमा लिँदै गोल गरे। ५५औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले हेडरमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।
डेजान लोभ्रेनको पासमा पेरिसिचले हेडरमार्फत् गोल गरेका थिए। विश्वकपमा क्रोएसियाका लागि पेरिसिचको यो समग्र छैटौँ गोल हो। यसबाहेक उनले चारवटा असिस्ट पनि गरेका छन्। यसअघि पेरिसिचले सन् २०१४ र २०१८ को विश्वकप पनि खेलेका थिए। क्रोएसियाका लागि उनी सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो नम्बरमा छन्।
क्रोएसियाका लागि उनीभन्दा अगाडि ४५ गोल गरेका डभोर सुकर छन्। पेरिसिकले सन् २०१२ मा क्रोएसियाका लागि डेब्यु गरेका थिए। उनले अन्तर्राष्ट्रिय फुटबलमा ३३ गोल गरेका छन्। मारियो मान्डजुकिकले पनि क्रोएसियाका लागि ३३ नै गोल गरेका छन्। क्रोएसिया तीन पटक क्वार्टरफाइनलमा पुग्न सफल भएको छ।
जसमध्ये क्रोएसियाले दुई विश्वकपमा पेनाल्टी सुटआउटको साहारा लिएकाे हाे। यसअघि सन् २०१८ मा रसियामा आयोजना भएको विश्वकपमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
