क्यानका अनुसार खनाललाई म्याच रेफ्री विनय कुमारले १ 'डिमेरिट पोइन्ट'सहित म्याच फीको २५ प्रतिशत जरिबाना तोकेका छन्।
काठमाडौँ– लुम्बिनी प्रदेशका ब्याट्सम्यान देव खनाललाई नेपाल क्रिकेट संघ (क्यान)ले कारबाही गरेको छ। सोमबार सम्पन्न यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशविरुद्धको फाइनल खेलमा अम्पायरको निर्णयमा असहमति जनाएको भन्दै क्यानले उनलाई कारबाही गरेको हो।
सुदूरपश्चिम प्रदेशविरुद्धको खेलको क्रममा उनी हेमन्त धामीले फ्याँकेको छैटौँ ओभरको अन्तिम बलमा एलबीडब्ल्यू आउट भएका थिए। उनले त्यतिनजेल २० बलमा १ चौकासहित ७ रन बनाएका थिए। अम्पायरले आउट दिएपछि खनालले असहमति प्रकट गरेका थिए।
क्यानका अनुसार खनाललाई म्याच रेफ्री विनय कुमारले १ 'डिमेरिट पोइन्ट'सहित म्याच फीको २५ प्रतिशत जरिबाना तोकेका छन्। उनलाई धारा २.८ (लेभल १) अन्तर्गत अभियोग लगाइएको छ।
फाइनल खेलमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले २९.१ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको थियो। जवाफी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाउँदै १९३ रन बनाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
