चुनावको समीक्षा र सत्ता समीकरणबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा र सम्भावित सत्ता समीकरणबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ।

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा र सम्भावित सत्ता समीकरणबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार दिउँसो ३ बजेलाई बाेलाइएकाे छ। केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठकमा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुनेछ। 

त्यस्तै पार्टीका उपमहासचिव वर्षमान पुनको चीन भ्रमण र चीनमा गर्ने भेटवार्ताका विषयमा पनि पदाधिकारीबीच छलफल ढकालले बताए।