पाेर्चुगलविरुद्ध पुनरागमन जित निकाल्दै एसियाली राष्ट्र दक्षिण कोरिया कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
काठमाडौँ– पुनरागमन जित निकाल्दै एसियाली राष्ट्र दक्षिण कोरिया कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
एजुकेशन सिटीमा शुक्रबार सम्पन्न समूह ‘एच’ को अन्तिम खेलमा कोरियाले युरोपियन राष्ट्र पोर्चुगललाई २–१ ले पराजित गर्याे। रोमाञ्चक खेलमा शुरूआती अग्रता भने पोर्चुगलले लिएको थियो। पाचौँ मिनेटमा डियोगो डालोटको कटब्याकमा दिएको बललाई रिकार्डो होर्टाले गोल गरेका थिए।
होर्टाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल सन् २०१४ मा खेलेका थिए। त्यसको करिब ८ वर्षपछि उनी कोरियाविरुद्धको खेलमा मैदान उत्रिएका हुन्। २७औँ मिनेटमा कोरियाले बराबरी खेल फर्कायो। कर्नरमा आएको बललाई किम युङ गवानले गोल गरे। जारी विश्वकपमा उनको यो पहिलो गोल हो।
उनले गत विश्वकपमा जर्मनीविरुद्ध पनि गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी समयमा ह्वाङ हे चानले कोरियाका लागि विजयी गोल गरे। उनले ह्युङ मिन सनले दिएको पासमा गोल गरेका थिए। शुक्रबार नै सम्पन्न अर्को खेलमा जित निकाले पनि उरुग्वे अन्तिम १६ मा पुग्न असफल भयो।
जितसँगै कोरियाले ३ खेलमा १ जित, १ हार र १ बराबरीसहित ४ अंक जोड्यो। यता, उरूग्वेले पनि समान नतिजा निकाल्यो। दुवैको गोलअन्तर नभएपनि कोरियाले प्रतियोगितामा धेरै गोल गरेका कारण अन्तिम १६ मा पुग्न सफल भयो। कोरियाले जारी प्रतियोगितामा ४ गोल गरेको थियो।
यता, उरूग्वेले भने २ गोल मात्रै गर्यो। पराजित पोर्चुगल समान खेलमा २ जितसहित ६ अंक जोड्दै समूह विजेताका आधारमा अन्तिम १६ मा पुग्न सफल भयो। यता, घानाले समान खेलबाट १ जित र २ हारसहित ३ अंक जोड्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
