प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचनसम्बन्धी सम्पूर्ण कामहरू सकिने बताएका छन्।
काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सकिने बताएका छन्।
शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौँले निर्वाचनमा खटिएका निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण काम मंसिर २६ गतेसम्म सक्ने तयारी रहेको बताएका हुन्।
उनले मंसिर १९ गतेसम्ममा मत गणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दललाई मंसिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधिसभा सदस्यको नाम कानूनले तोकेअनुरूप पठाउनका लागि पत्राचार गरिने पनि उल्लेख गरे। त्यसपछि राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस हुने उनको भनाइ छ।
"सबै अभ्यास २२ गते सक्ने भनेका थियौँ। तर, २५/२६ गते पुग्छ कि भन्ने देखिएको छ। आयोग त्यही अभियानमा तम्तयार भएर लागिराखेको छ," उनले भने।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले एकै चरणमा सबै ठाउँको निर्वाचन सम्पन्न गरेर आगामी दिनमा पनि सबै ठाउँमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताए। उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गरे।
उनले आगामी संसद्मा निर्वाचनसम्बन्धी नयाँ कानून लैजाने तयारी भइरहेको जानकारी दिए। उनले भने, "हामी वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौँ। हामी छिट्टै अब नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्थापन गरिनुपर्छ भन्ने कुरामा व्यापक तयारी गरिरहेका छौँ। सम्भवतः यो नयाँ संसद्को नयाँ अधिवेशनमा नयाँ कानून प्रवेश गर्नेछ।"
थपलियाले निर्वाचन आयोगले निर्वाचन समावेशी र लैंगिकमैत्री होस् भन्ने चाहना राखेको भए पनि त्यस्तो हुन नसकेको उल्लेख गरे। उनले राजनीतिक दलहरूले लोकतान्त्रिक मूल्य मान्यताको व्यवहार देखाउन नसकेका बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
