रास्वपाका सभापति रवि लामिछानेको नागरिकता छानबिन गर्न काठमाडौँ जिल्ला प्रशासनले प्रहरीलाई पत्राचार गरेको छ। लामिछानेमाथि नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको आरोप छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवाद छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई पत्राचार गरेको छ।
प्रशासनले काठमाडौँ प्रहरी परिसरलाई यसबारे छानबिन गरेर यथार्थ जानकारी गराउन भनेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार पत्र पठाएको काठमाडौँ प्रहरी परिसरका प्रमुख, एसएसपी भरतबहादुर बोहराले उकालोलाई बताए। उनले पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका बेला लामिछानेको नागरिकता विवाद बाहिर आएको थियो।
चितवनस्थित जिल्ला निर्वाचन कार्यालयमा नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका लामिछानेले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त गरेको प्रमाण नभेटिएकाले उनको उम्मेदवारी बदर गर्न माग गर्दै निवेदन परेको थियो।
निवेदन परेपछि निर्वाचन कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको थियो। तर, लामिछानेले स्पष्टीकरण बुझाएपछि यो प्रक्रिया अगाडि बढेन। नागरिकताकै विवाद उठिरहेका बेला लामिछानेले नेपाली राहदानीसमेत प्रयोग गरिरहेको सार्वजनिक भएको थियो।
लामिछाने चितवन–२ बाट भारी मतान्तरले प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन्।
निर्वाचन आयोगबाट यो विवाद टुंगो नलागेपछि उनको नागरिकता विवादलाई लिएर गृह मन्त्रालयमा उजुरी परेको थियो। गृहले काठमाडौँ प्रशासनलाई यसबारे अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
