बाजुरामा राेकिएकाे मतगणना शुरू हुन सकेन

बाजुरामा बिहान ८ बजेदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन।

काठमाडौँ– बाजुरामा बिहान ८ बजेदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन।

मुचुल्कामा भन्दा ४० वटा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको थियो। हिमाली गाउँपालिका–६ स्थित धिम मतदान केन्द्रमा खसेको मत गन्ने क्रममा बढी पाइएको थियो। कांग्रेसले षड्यन्त्र गरेर मत थपेको एमालेकाे आरोप छ।

अहिले मतगणनास्थल बाहिर एमाले कार्यकर्ताले नाराबाजी गरिरहेका छन्। मुचुल्कामा एक हजार १४५० मत खसेको उल्लेख छ। गणनास्थलमा भने १४९० वटा मतपत्र भेटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

हिमाली ६ स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको वडा हो। हिमाली गाउँपालिका काँग्रेस उम्मेदवार बद्री पाण्डेको गृह पालिका हो। एमाले उम्मेदवार कर्णबहादुर थापाले सत्यतथ्य बाहिर नआउएसम्म गणना अघि बढाउन नदिने बताएका छन्।