गण्डकीले कर्णालीलाई १०९ रनले पराजित गरेको छ। गण्डकीले दिएको २३५ रनको लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा अलआउट हुँदै १२५ रनमा समेटियो।
काठमाडौँ– गोविन्द विक र अर्जुन कुमालको अर्धशतक प्रेरित गण्डकी प्रदेशले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता पहिलो जित निकालेको छ। बिहीबार सम्पन्न खेलमा गण्डकीले कर्णाली प्रदेशलाई १०९ रनले पराजित गरेको हो।
गण्डकीले दिएको २३५ रनको लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा अलआउट हुँदै १२५ रनमा समेटियो। कर्णालीका लागि सुवास ऐरबाहेक अरूले राम्रो खेल प्रदर्शन गर्न सकेनन्। उनले ३६ बलमा ५ चौकासहित ३२ रन बनाएका थिए।
यता, कप्तान विपिन रावलले १९, मनिष थापाले १८ र युनिस सिंहले १२ रन बनाए। कर्णालीका आधा दर्जन खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। गण्डकीलाई लागि सुवास भण्डारीले सर्वाधिक ६ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ३ मेडनसहित २७ रन खर्चिए।
यता, चिव्रिन श्रेष्ठले ३ विकेट लिँदा नितेश गिरीको नाममा १ विकेट रह्यो।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनायो। गण्डकीका गोविन्द विकले ८७ बलमा ७ चौका र १ छक्कासहित ५५ रन बनाए। कप्तान अर्जुन कुमालले १०६ बलमा ३ चौकासहित ५० रन बनाए।
उनीहरूले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरे। मध्यक्रमका दीपक डुम्रेले २७ बलमा ४ चौका र २ छक्कासहित ४४ रन बनाए। चिव्रिन श्रेष्ठले २६ रन बनाउँदा कप्तान सुवास भण्डारी २१ रनमा अविजित रहे।
जितसँगै गण्डकीले प्रतियोगितामा पहिलो अंक जोडेको छ। गण्डकीले ५ खेलमा ४ हार र १ जित निकालेको छ। २ अंक जोडेको गण्डकी अंक तालिकाको पाँचौँ स्थानमा छ। पराजित कर्णाली समान खेलमा समान जित र हार बेहोर्दै २ अंकको साथ तालिकाको छैटौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
