एशियाली राष्ट्र अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको छ।
काठमाडाैँ– एशियाली राष्ट्र अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको छ।
बुधबार सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा डेनमार्कलाई हराउँदै अस्ट्रेलिया उपविजेताका रूपमा अन्तिम १६ मा पुगेकाे हाे। अल जनुब स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियाले डेनमार्कविरुद्ध १-० काे जित निकाल्याे।
अस्ट्रेलियाका लागि म्याथ्यु लेकीले निर्णायक गाेल गरे। उनले खेलको ६०औँ मिनेटमा एकल प्रयासमा गोल गरेका थिए। जितसँगै अस्ट्रेलियाले ३ खेलबाट २ जित र १ हारसहित ६ अंक जोड्यो। यता डेनमार्कले ३ खेलमा १ जित र २ हार बेहोर्यो।
अस्ट्रेलिया विश्वकप इतिहासमा दोस्रो पटक नकआउट चरणमा पुगेको हो। यसअघि अस्ट्रेलिया सन् २००६ मा अन्तिम १६ मा पुगेको थियो।
अब अस्ट्रेलियाले क्वार्टरफाइनल प्रवेशका लागि अर्जेन्टिनासँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
