ललितपुर महानगर-१८ का किसानलाई दूध बिक्रीमा समस्या छैन, वरिपरिकै माग पुर्याउन मुस्किल छ। तर शहरी क्षेत्रमा गाई पाल्नै मुस्किल छ। यो समस्या बुझेर वडा कार्यालयले थालेको सहयोगबाट किसान खुशी छन्।
ललितपुर- ललितपुर-१८ भैँसेपाटीका कालु थापा ६ दशकदेखि गाई पालिरहेका छन्। थापाको दैनिकी गाईको स्यहारमै बित्छ। यो ६ दशकमा भैँसेपाटी क्षेत्र गाउँबाट काँठ हुँदै शहरमा परिणत भइसकेको छ। अब गाई पाल्न पहिलाजस्तो सहज छैन।
कालु थापा बिहानै गोठ पुग्छन्। गोठको नित्यकाम सकेर गाई चराउन भन्ज्याङतिर लैजान्छन्। तर अब चरन क्षेत्रको अभाव छ। किनेको भुस्सा र घाँसमा भर पर्नुपर्छ।
उत्पादन गरेको दूध बिक्रीका लागि भने सहज छ। केही दूध घरपरिवारमै खपत हुन्छ, बाँकी उनी आफैँ ग्राहकको घरसम्म पुर्याइदिन्छन्।

उनीजस्तै परम्परागत पशुपालन गरिरहेका शहरी किसानका लागि ललितपुर महानगरपालिका–१८ वडा कार्यालयले सघाउन थालेको छ। वडा कार्यालयले अहिले 'गोठ सुधार कार्यक्रम' सञ्चालन गरिरहेको छ।
कालु थापाको गोठमा चार वटा गाई, एउटा बाच्छा र केही बाख्रा छन्। गोठ सुधार कार्यक्रम अन्तर्गत स्थानीय सरकारको सहयोग पाएपछि अर्को एउटा गाई थप्ने उनको योजना छ। उनी गोठ मर्मत र विस्तारका लागि मिस्त्रीहरूसँग कुरा गरिरहेका थिए। गोठ सुधार कार्यक्रम अन्तर्गत गोठको पक्की भुईँ बनाउन र जस्ताको नयाँ छानो हाल्न वडाले सहयोग गर्दैछ।
वडा कार्यालयले गत वर्ष नै गाई बस्ने रबरको ‘म्याट’ दिएको भन्दै उनले खुशी व्यक्त गरे। “छिमेकको भाइले नाम टिपाइदिएछ, वडाका प्रतिनिधिले म्याट दिने अनि छानो र भुईँ बनाइदिने भन्दै आए, अब अझै एउटा गाई थप्छु,” उनले भने।
यसै वडाकी निर्मला कुँवरको गोठमा भने अहिले एउटा मात्र गाई छ। गत वर्ष पाएको दुइटा म्याटले गाईको बसाइ सहज बनेको उनी बताउँछिन्। तर गोठको छानो भने जीर्ण बन्दै थियो। “हामीलाई कुनै पनि शुल्क मागिएन, वडाका प्रतिनिधिले केही थान टिन ल्याएर छानो बनाइदिए,” उनले भनिन्, “म्याटमा बस्न पाउँदा गाईलाई सुख छ।”
गोठ सुधार कार्यक्रमकी संयोजक वडा सदस्य राधिका रोका किसानलाई गाईपालनमा प्रेरित गर्न र आर्थिक लाभ पनि होस् भनेर यस्तो कार्यक्रम ल्याएको बताउँछिन्। “शहरी कृषकको उत्थान गर्न यो कार्यक्रम प्रभावकारी भएको छ। निरीक्षणमा जाँदा गाईलाई राम्रो भएको र किसानलाई खुशी देख्दा हामीलाई आनन्द लागेको छ,” उनी भन्छिन्।
शहरको बीचमा कृषकले गाईपालन गरी आफ्नो जीविकोपार्जन गर्दै आइरहेको तर गाईको बसोबास कष्टकर हुँदै गएको पाइएपछि यो कार्यक्रम ल्याएको वडाध्यक्ष दामोदर खड्का बताउँछन्। “विकास भन्नाले धेरैको बुझाई बाटोघाटो पूर्वाधार विकासमै केन्द्रित देखियो तर हामीले शुरूआतदेखि नै मानवीय विकास गर्ने नीति लियौँ,” वडाध्यक्ष खड्का भन्छन्।
गत वर्ष म्याट वितरणबाट शुरू भएको यो कार्यक्रममा यसपालि गोठमा छाना हाल्ने र भुईँ ढलान गर्ने योजना लागू गरिएको उनी बताउँछन्। अहिलेसम्म १६ जना किसान यस कार्यक्रमबाट लाभान्वित भएका छन्।
बाँकी कथा भिडियोमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
