‘कार फ्री डे’मा यस्तो देखियो हाँडीगाउँ (तस्वीरहरू)

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डबली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ। 

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– काठमाडौँ महानगपालिकाले एक वर्षदेखि प्रत्येक शनिबार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाउँदै आएको छ। 

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डबली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ। 

यहाँ दिउँसो दुई बजेदेखि बेलुका आठ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइन्छ। यस क्षेत्र भएर गुड्ने सवारी साधनलाई धोबीखोला करिडोर, गहनापोखरीबाट वडा कार्यालयतर्फको भित्री सडकको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। 

स्थानीय दुई बजेपछि सडक छेउमा नेवारी स्वादका परिकार बनाउन व्यस्त देखिन्छन्। बालबालिका निर्धक्क भएर सडकमा खेलिरहेको देख्न सकिन्छ।

हाँडीगाउँलाई नेपालको प्राचीनकालको मुख्य मानव बस्ती मानिन्छ। काठमाडौँको प्रारम्भिक शहरी स्वरूप र स्थानको अध्ययनका लागि यो एक मात्र जानकारीमूलक ठाउँ हुनसक्ने विज्ञ बताउँछन्।