गोदावरीको लेलेस्थित बालकुमारी मन्दिरका २५ थान मूर्ति चोरी भएको छ। बुधबार राति मूर्ति चोरी भएको गोदावरी-५ का वडाध्यक्ष मिलन सिलवालले बताए।
काठमाडौँ– गोदावरी नगरपालिका-५ लेले महाकालस्थित बालकुमारी (जयल कुमारी) मन्दिरको मूर्ति (ख्वापा) बुधबार राति चोरी भएको छ। मन्दिरभित्र रहेका ३३ थान मूर्तिमध्ये २५ थान चोरी भएको हो।
नित्य पूजाका लागि बिहान मन्दिर पुगेका पुजारी रमेश श्रेष्ठले मूर्ति चोरिएको थाहा पाएपछि वडाध्यक्ष मिलन सिलवाललाई खबर गरेका थिए। वडाध्यक्ष सिलवालले तामाबाट निर्मित मूर्तिहरू चोरिएको उकालोलाई बताए। लिच्छविकालीन इतिहास रहेको मन्दिरका मूर्तिको पनि सोहीअनुरूप ऐतिहासिक महत्त्व रहेको उनको भनाइ छ।
उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा राति साढे १ बजेतिर मूर्ति चोरी भएको पत्ता लागेको छ। दुई व्यक्ति आएर मूर्ति चोरी गरेको मन्दिर परिसरमा रहेको सिसिटिभी फुटेजमा देखिएको छ।
"सिसिटिभी फुटेजमा ती व्यक्तिहरूको अनुहार प्रस्ट देखिएको छ। मन्दिर परिसरमा रहेका अन्य सिसिटिभीमा एक किलो मिटरसम्म पुगेको देखिन्छ", उनले भने।
यद्यपि, मूर्ति चोर पछाडिको भागबाट मन्दिरभित्र पसेको हुन सक्ने अनुमान अनुसन्धानको नेतृत्व गरिरहेका जावलाखेल प्रहरी कार्यालयका डीएसपी दीपक भारतीको छ। जावलाखेल प्रहरी कार्यालयबाहेक अपराध अनुसन्धान महाशाखा तथा स्थानीय प्रहरी वृत्तको सहकार्यमा अनुसन्धान भइरहेको छ।
जीर्ण बनेको मन्दिरलाई केही समयअघि स्थानीय सरकारको नेतृत्वमा पुरातत्त्व विभागको सहकार्यमा पुरानै शैलीमा पुनःनिर्माण गरिएको अध्यक्ष सिलवालले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
