काठमाडौँमा कला तथा सांस्कृतिक उत्सवको माहोल (तस्वीरहरू)

यो हप्ता काठमाडौँमा एक साथ कला तथा संस्कृतिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू भइरहेका छन्। ती कार्यक्रमका केही झलक तस्वीरमा प्रस्तुत गरेका छौँ:

बबरमहलमा भइरहेको 'नेपालका देवी देवताहरू' विषयको कला प्रदर्शनी।

काठमाडौँ- कलाप्रेमीहरूका लागि संघीय राजधानी काठमाडौँमा यो हप्ता भ्याइनभ्याइ कार्यक्रमहरू भइरहेका छन्। केही दिनयता कला र संस्कृतिबारे भइरहेका सबै कार्यक्रममा सहभागी हुन दर्शकहरूलाई मुस्किल छ।

यो हप्ता पाटनमा नेपाल फेसन फेस्टिभल, ठमेलको काठमान्डू गेस्ट हाउसमा हिमालयन लिटरेचर फेस्टिभल बबरमहलमा नेपालका देवी देवताहरूको कला प्रदर्शनी र सभागृहमा काठमाडौँ माउन्टेन फिल्म फेस्टिभललगायत कार्यक्रम भइरहेका छन्। हामीले नेपाल फेसन फेस्टिभल, हिमालयन लिटरेचर फेस्टिभल, देवी देवताहरूको कला प्रदर्शनी र काठमाडौँ माउन्टेन फिल्म फेस्टिभलमा फोटो पत्रकार विकास रौनियारले खिचेका केही तस्वीर:

'नेपालका देवी देवताहरू' विषयको कला प्रदर्शनी।
'नेपालका देवी देवताहरू' विषयको कला प्रदर्शनी।
'नेपालका देवी देवताहरू' विषयको कला प्रदर्शनी।
'नेपालका देवी देवताहरू' विषयको कला प्रदर्शनी।
पाटनमा भइरहेको नेपाल फेसन फेस्टिभलका सहभागी।

ठमेलमा भइरहेको हिमालयन लिटरेचर फेस्टिभल।

हिमालयन लिटरेचर फेस्टिभलमा सहभागी कवि दुर्गालाल श्रेष्ठ (अगाडि बायाँ), गायक योगेश्वर अमात्य (अगाडि दायाँ) लगायत।