मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक टनमध्ये चार हजार ६२० मेट्रिक टन स्याउ निर्यात भएको कृषि ज्ञान केन्द्रकाे तथ्यांक छ।
म्याग्दी– मुस्ताङबाट यस वर्ष ५० करोड रुपैयाँ बराबरको स्याउ निकासी भएको छ। उत्पादन भएको छ हजार ६०० मेट्रिक टनमध्ये चार हजार ६२० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
स्याउको मूल्य मङ्सिर पहिलो साता प्रतिकिलो १३० रुपैयाँसम्म पुगेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले स्याउको उत्पादन पोहोरभन्दा १८.५६ प्रतिशतले बढेको बताए। “बगैँचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो”, उनले भने, “अनुकूल मौसम, क्षेत्रफल र नयाँ बिरुवा थपिएकाले उत्पादन बढेको हो।”
मुस्ताङको पाँचवटै पालिकाको एक हजार ४७५ हेक्टर जमिनमा स्याउखेती गरिएको छ। क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११.३७ मेट्रिक टन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताए। यसैगरी कुल स्याउ उत्पादनमध्ये यस वर्ष ४४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ।
मुस्ताङमा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको छ। जसमध्ये २२ हेक्टरका बगैँचाले उत्पादन दिइरहेका छन्। यो स्याउ प्रतिहेक्टर २० टनसम्म उत्पादन हुने गरेको छ। नयाँ बगैँचाका बोटले उत्पादन दिन थालेको, किसानले बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकूल मौसम भएको केन्द्रले जनाएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत नेत्र भट्टले बेमौसममा बिक्री गर्नका लागि मुस्ताङका विभिन्न छवटा चिस्यान गृहमा ७० मेट्रिक टन स्याउ भण्डारण गरेर राखिएको बताए। फागुन–चैतको बेसिजनमा शीतभण्डारको स्याउ बजारमा पठाउँदा बढी मूल्य पाइने भएकाले भण्डारण गरेका हुन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन कार्यक्रमअन्तर्गत १२५ वटा सहकारी÷समूह÷निजी फार्मका कार्यक्रम सञ्चालित छन्।
कृषि केन्द्रले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। मुस्ताङमा फलेकामध्ये ७० प्रतिशत स्याउ बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ। बर्सेनि व्यापारी स्याउ नपाक्दै खरिदका लागि आउने गर्छन्। भदौ महिनामा बैनापट्टा गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न आउँछन्।
समुद्री सतहदेखि दुई हजार ५०० मिटर उचाइभन्दा माथि स्याउखेती गरिन्छ। चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो मानिन्छ। रेडडेलिसीएस, रोयल डेलिसीएस, रिचारेड डेलिसीएस र गोल्डेन डेलिसीएस जातका स्याउखेती भएको छ। मुस्ताङ घुम्न जाने पर्यटक र तिर्थयात्रीले स्याउ कोशेलीका रूपमा लैजान्छन्।
साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई कृषकले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन्। स्याउ प्रशोधन गरेर मदिरा बनाउने छवटा उद्योग छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
