स्वर्गीय विजयबाबु खत्रीको स्मृतिमा स्थापित ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ उकालो सहकर्मी दिपा दाहाललाई प्रदान गरिने भएको छ। पुरस्कार मंसिर २४ गते हस्तानान्तर गरिनेछ।
काठमाडौँ– यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ।
पत्रकार विजयबाबु खत्रीको सम्झनामा स्थापित यो पुरस्कार यसवर्ष उकालो डटकमका वरिष्ठ संवाददाता दाहाललाई प्रदान गर्ने निर्णय भएको नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले जानकारी दिइन्।
खत्रीको एघारौँ स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रालिले यसबारे निर्णय गरेको हो। पुरस्कार सिफारिसका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो।
२०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता शुरू गरेकी पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर दाहाल यसअघि रेडियो कान्तिपुर, अन्नपूर्ण पोस्ट, देशसञ्चार डटकम, कान्तिपुर टेलिभिजनमा कार्यरत थिइन्।
शिक्षा, वातावरण, स्वास्थ्य, राजनीतिलगायत विषयमा रिपोर्टिङ गर्दै आएकी दाहाल पछिल्लो समय राज्यस्रोतको दोहन, भ्रष्टाचार र बेथितिका विषयमा कलम चलाउँदै आएकी छन्। दुर्गम क्षेत्रमा पुगेर महामारी, प्राकृतिक प्रकोप, जलवायु परिवर्तनका असर जस्ता विषयमा पनि रिपोर्टिङ गरेको अनुभव उनीसँग छ।
पत्रकार विजयबाबु खत्रीको २०६८ मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा निधन भएको थियो।
खत्रीको स्मृतिमा उनकी श्रीमती लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मंसिर १२ गते स्थापना गरेको अक्षय कोषमार्फत केन्द्रले पत्रकारिताका माध्यमबाट समाज परिवर्तनका लागि योगदान पुर्याएका पत्रकारलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ।
३४ हजार रुपैयाँ राशिको पुरस्कार न्युजकारोबार डटकमको छैटौँ वार्षिकोत्सवको अवसरमा मंसिर २४ गते प्रदान गरिने छ।
यसअघि यो पुरस्कारबाट पत्रकार धुव्रहरि अधिकारी, स्वर्गीय गोकर्ण गौतम र केशव पौडेल पुरस्कृत भइसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
