बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सार्वजनिक गरेको तथ्यांकमा निर्वाचनको समयमा दल तथा उम्मेदवारले बालबालिका तथा विद्यालयको प्रयोग गरेको देखिएको छ।
काठमाडौँ- मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूबाट बालबालिका प्रयोग भएका २ सय १६ घटना सार्वजनिक भएको छ।
बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सोमबार एक कार्यक्रम आयोजना गरी मंसिर ४ गतेको निर्वाचनमा २१६ वटा बालबालिका प्रयोगको घटना भएको बताएको हो।
संस्थाले गरेको अध्ययन अनुसार बालबालिका प्रयोगको २१६ वटा घटनामध्ये प्रचारप्रसार तथा र्यालीमा १४४ वटा, घरदैलोमा १२ वटा, आमसभामा १८ वटा, प्रचारप्रसार सामग्रीमा १३ वटा र कलाकारको रूपमा २८ वटा घटनामा बालबालिकाको प्रयोग भएको थियो।
संस्थाका अध्यक्ष राजेश शर्माले सबैभन्दा बढी वाम लोकतान्त्रिक गठबन्धनका दलहरूबाट बालबालिका प्रयोग भएको बताए।

उनले वाम लोकतान्त्रिक गठबन्धनका दलहरूबाट ९८, नेकपा (एमाले) बाट ७१, अन्य राजनीतिक दलबाट ३४, तथा स्वतन्त्र उम्मेदवारहरूबाट १३ वटा घटनामा बालबालिका प्रयोग गराइएको पाइएको बताए।
पार्टीगतरूपमा हेर्दा नेपाली कांग्रेसले २२ वटा, नेकपा (माओवादी केन्द्र) ले १३ वटा, नेकपा (एकीकृत समाजवादी) ले ८ वटा, लोकतान्त्रिक समाजवादी पार्टीले ३ वटा, नेकपा (एमाले) ले ७१ वटा, जसपा, राप्रपा र राप्रपा नेपालले गरी ९ वटा, राप्रपाले १२ वटा, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ वटा, विवेकशील, नेपाल सुशासन र जनमत पार्टीले १/१ वटा घटनामा बालकालिकाको प्रयोग गरेको उहाँले जानकारी दिए।
उनले २५ वटा विद्यालय, १ वटा विद्यालय बस र ४ जना शिक्षक पनि निर्वाचनमा प्रयोग भएको सूचना आफूहरुलाई प्राप्त भएको उल्लेख गरे। जसमध्ये वाम लोकतान्त्रिक गठबन्धनले १५ वटा विद्यालय र नेकपा (एमाले) ले १० वटा विद्यालयको प्रयोग गरेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
