रामचन्द्र पाैडेल र माधव नेपालबीच भेटवार्ता

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

काठमाडौं– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

सोमबार बिहान नेपाल निवास कोटेश्वर पुगेका पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेका थिए। नेपालले पनि प्रधानमन्त्रीमा पौडेलको दाबी स्वाभाविक हुने बताएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

नेता नेपालले अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्नेमा पनि जोड दिएको उनले बताए। भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको छ।