समानुपातिकतर्फ तेस्रो स्थानमा उक्लियो रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ४८ हजार मतसहित तेस्रो स्थान उक्लिएको छ। माओवादी केन्द्रले १० लाख ३७ हजार मत पाएको छ।

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फको जारी मतगणनामा नेकपा माओवादी केन्द्रलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा उक्लिएको छ।

निर्वाचन आयोगका अनुसार ९० लाख ९३ हजार ७६१ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ४८ हजार ९०३ मतसहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्र १० लाख ३७ हजार २२७ मत पाएर चौथो स्थानमा झरेको छ।

नेकपा एमाले २४ लाख ७८ हजार ५४४ मतसहित पहिलो स्थानमा रहँदा नेपाली कांग्रेस २३ लाख ५६ हजार १९० मत ल्याएर दोस्रो स्थानमा छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३७ हजार ८०१, जनता समाजवादी पार्टी, नेपालले ३ लाख ९ हजार ५८६, जनमत पार्टीले २ लाख ४३ हजार ४९४, नेकपा एकीकृत समाजवादीले २ लाख ४१ हजार ८५७, नागरिक उन्मुक्ति पार्टीले २ लाख ३३ हजार ७७२, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख २४ हजार ११ र नेपाल मजदुर किसान पार्टीले ७२ हजार ४२८ मत पाएका छन्।