लघुबीमा सञ्चालका लागि ३१ आवेदन परेकोमा प्राधिकरणले तीनवटा जीवन बीमा र चारवटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको छ।
काठमाडौँ– नेपाल बीमा प्राधिकरणले सातवटा लघुबीमा कम्पनीलाई सञ्चालनका लागि लाइसेन्स दिएको छ। सञ्चालन अनुमतिका लागि परेका ३१ आवेदनमध्ये प्राधिकरणले तीनवटा जीवन बीमा र चारवटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको हो।
प्राधिरकणले हरेक प्रदेशमा १/१ वटाका दरले ७ वटा कम्पनीलाई छनोट गरिएको जनाएको छ। जसअन्तर्गगत लघु जीवन बीमातर्फ प्रदेश १ विराटनगरको गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, कर्णाली प्रदेशको क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र गण्डकीको लिवर्टी माइक्रोलाइफ इन्स्योरेन्सले लाइसेन्स पाए।
निर्जीवन बीमातर्फ लुम्बिनी प्रदेशको ट्रष्ट माइक्रो इन्स्योरेन्स, बागमती प्रदेशको नेपाल माइक्रो इन्स्योरेन्स, मधेश प्रदेशको स्टार माइक्रो इन्स्योरेन्स र सुदूरपश्चिमको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले छनोट गरिएको प्राधिकरणले जनाएको छ। लघुबीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
