राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो समानुपातिकतर्फ १० लाख मत

समानुपातिकतर्फ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख मत कटाएको छ। रास्वपा १० लाख ८ हजार २४० मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख मत कटाएको छ। निर्वाचन आयोगको प्रणालीमा ५:४० बजेसम्मको अद्यावधिक विवरणअनुसार रास्वपा १० लाख ८ हजार २४० मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ।

अग्रस्थानमा रहेको नेकपा एमालेले २४ लाख ४१ हजार ८३८ मत पाएको छ। २३ लाख १८ हजार ७४१ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ भने माओवादी केन्द्रले १० लाख १६ हजार १० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ।

८८ लाख ९४ हजार ४० मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख २७ हजार २४५, जनता समाजवादी पार्टी, नेपालले ३ लाख ३ हजार १५२, नेकपा एकीकृत समाजवादी २ लाख ३८ हजार ९२५, जनमत पार्टीले २ लाख ३७ हजार ५५४, नागरिक उन्मुक्ति पार्टी २ लाख २ हजार २७८, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख २२ हजार ६८५, नेपाल मजदुर किसान पार्टीले ७२ हजार १६६ मत पाएका छन्।