निर्वाचित प्रतिनिधिसभा सदस्यले पारिश्रमिकका अलावा एक जना स्वकीय सचिव राख्न पाउँछन्। स्वकीय सचिवले राजपत्राङ्कित तृतीय श्रेणीको सेवा-सुविधाका साथै अतिरिक्त मासिक १ हजार रुपैयाँ भत्ता दिइन्छ।
काठमाडौँ– नयाँ सांसद निर्वाचित भएर आएसँगै उनीहरूको सेवा–सुविधा के होला भन्ने चासो बढेको छ। निर्वाचित सांसदले संसद् सचिवालयबाट कस्तो सुविधा पाउँछन् भन्नेमा धेरैको ध्यान गएको छ। संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमला राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको बताउँछन्। उनले प्रत्यक्षतर्फ २ जना निर्वाचित सदस्य भएको खण्डमा भने संसदीय दलको कार्यालय पाउने व्यवस्था रहेको बताए।
उपसचिव धमलाका अनुसार संसदीय दलको कार्यालय स्थापना भइसकेपछि मात्रै संसदीय दलको कार्यालयलाई संघीय संसद् सचिवालयले उपलब्ध गराउनुपर्ने सेवा-सुविधा दिइन्छ। दुईभन्दा कम निर्वाचित सदस्य रहेको दलले भने संसदीय दलको रूपमा पाउँदैन।
सहायक प्रवक्ता धमलाले अहिलेको निर्वाचन परिणामअनुसार दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकार गठन गर्ने अवस्था देखिएकाले यो अवस्थामा प्रतिनिधिसभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्य रहेको प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल प्रमुख विपक्षी दलको रूपमा रहने बताए। उनले प्रमुख विपक्षी दलको १ जना मात्रै नेता रहने व्यवस्था रहेको र विपक्षी दलको नेताले कानूनमा भएबमोजिम सेवा-सुविधा पाउने बताए।
"प्रत्यक्षतर्फ २ जना निर्वाचित सदस्य हुनुहुन्छ भने संसदीय दलको कार्यालय स्थापना गर्न पाउनुहुन्छ। संसदीय दलको कार्यालय स्थापना भइसकेपछि त्यो संसदीय दलको कार्यालयलाई संघीय संसद् सचिवालयले उपलब्ध गराउनुपर्ने सेवा-सुविधा, लजिस्टक सपोर्ट हामीले उपलब्ध गराउँछौँ। यदि दुईभन्दा कम निर्वाचित सदस्य हुनुभएको छ भने संसदीय दलको रूपमा मान्यता हुँदैन," उनले भने। उनका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल भएकै आधारमा थप सुविधा पाउने र नभएको आधारमा नपाउने भन्ने ऐनमा व्यवस्था छैन।
सहायक प्रवक्ता धमलाले प्रमुख विपक्षी दलले प्रमुख सचेतक र सचेतक तोक्ने व्यवस्था रहेको पनि बताए। उनका अनुसार विपक्षी दलको प्रमुख सचेतकले पनि ऐनअनुसार थप सेवा सुविधा पाउँछन्। त्यस्तै, सत्ता पक्षमा पनि एक जना सचेतक रहने व्यवस्था रहेको छ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहायक प्रवक्ता धमलाले १० प्रतिशत वा सोभन्दा बढी सदस्य नभएको अवस्थामा १० जनाभन्दा बढी सदस्य भएको दलले पनि प्रमुख सचेतक तोक्ने व्यवस्था रहेको उल्लेख गरे। उनले प्रमुख सचेतक तोक्ने र दलको सचेतक तोक्न भने नपाउने बताए। सत्ता पक्षको सचेतकलाई पनि संसद् सचिवालयले कानूनले तोकेबमोजिमको सुविधा उपलब्ध गराउने उनको भनाइ छ।
सहायक प्रवक्ता धमलाले निर्वाचित भएर आउने प्रतिनिधिसभा सदस्यले पारिश्रमिकका अलावा एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था रहेको बताए। उनका अनुसार स्वकीय सचिवले राजपत्राङ्कित तृतीय श्रेणीको सेवा सुविधाका साथै अतिरिक्त मासिक १ हजार रुपैयाँ भत्ता पाउने व्यवस्था रहेको छ।
निर्वाचित सदस्यले ३ हजार सञ्चार सुविधा, आवास सुविधा १८ हजार, यदि काठमाडौं उपत्यकामा नै घर भएको खण्डमा मर्मत सम्भारका लागि मासिक ९ हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ। त्यस्तै, फर्निचर व्यवस्थापनका लागि निर्वाचित भएको बेलामा १५ हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ। धारा, बिजुली, पानीका नाममा मासिक २ हजार, मासिक १ हजार अतिथि सत्कारका लागि पाउने व्यवस्था रहेको छ।
सहायक प्रवक्ता धमलाले सदस्यले बैठकमा उपस्थित भएबापत यातायात खर्च १ हजार रुपैयाँ र बैठक भत्ता भनेर १ हजार रुपैयाँ पाउने व्यवस्था रहेको पनि बताए। सहायक प्रवक्ता धमलाले एकै दिन समितिको बैठक र सभाको बैठक भएको खण्डमा भने कुनै एकको मात्रै सुविधा पाउने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
