साझा यातायातले युरोपियन युनियनको सहयोगमा डिजेलबाट चल्ने बसलाई नेपालमा पहिलोपटक विद्युतीयमा परिवर्तन गरेको छ। अब पुराना बसलाई नेपालमै विद्युतीय बनाएर चलाउन सकिने साझाले जनाएको छ।
काठमाडौँ– साझा यातायातले डिजेलबाट चल्ने डेढ दशक पुरानो बसलाई विद्युतीयमा परिवर्तन गरेको छ। नेपालमा पुरानो बसलाई विद्युतीय बसमा परिवर्तन गर्ने प्रयोग पहिलो पटक सफल भएको साझाले जनाएको छ।
साझा यातायातका सहायक प्रबन्धक जनक रिसालका अनुसार युरोपियन युनियन अन्तर्गतको ‘सोलुसन प्लस’ संस्थाको सहयोगमा यो आयोजना सफल भएको हो। यसबाट पुराना बसलाई विद्युतीय साधनमा परिवर्तन गरेर पुनः प्रयोग गर्न सकिने बाटो खुलेको रिसाल बताउँछन्।

उक्त बसलाई विद्युतीयमा परिवर्तन गर्न करिब पाँच महिना लागेको थियो। रिसालका अनुसार त्यसका लागि ८२ देखि ८५ लाखसम्म खर्च भएको छ। तर ठूलो संख्यामा डिजेल बसलाई विद्युतीयमा परिवर्तन गर्दा १० देखि १५ प्रतिशत शुल्क घट्ने उनको भनाइ छ।

यसरी परिवर्तन गरिएका बस सञ्चालनको कानूनी आधार भने नेपालले बनाइसकेको छैन। यी बस चलाउन निर्देशिका वा कार्यविधि आवश्यक हुने रिसाल बताउँछन्।
थप कथा भिडियोमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
