समानुपातिकतर्फको जारी मतगणनामा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख मत कटाएको छ।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा माओवादी केन्द्रले १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार ८८ लाख १० हजार १४२ मत गणना हुँदा माओवादी केन्द्रले १० लाख ८ हजार १०० मत पाएको छ।
नेकपा एमाले २४ लाख मत प्राप्त गर्दै अग्रस्थानमा रहँदा नेपाली कांग्रेसले २३ हजार ३ हजार ६५७ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८८ हजार ९६६, जनता समाजवादी पार्टी नेपालले ३ लाख २ हजार २५१, नेकपा एकीकृत समाजवादीले २ लाख ३७ हजार ४९ मत प्राप्त गरेका छन्।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार १०८, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख २२ हजार ७०३, नेपाल मजदुर किसान पार्टीले ७० हजार ४७३ मत प्राप्त गरेका छन्। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणना जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
