सुनसरी-२ बाट एमालेका भीम आचार्य निर्वाचित

सुनसरी-२ बाट नेकपा एमालेका भीम आचार्य करिब ६ हजार मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

काठमाडौँ– सुनसरी–२ बाट नेकपा एमालेका उम्मेदवार भीम आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

एमाले नेता आचार्य नेपाली कांग्रेसका उम्मेदवारलाई करिब ६ हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनले ३२ हजार ८ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोले २६ हजार ५८ मत प्राप्त गरे। उनीहरूबीच ५ हजार ९५० मतान्तर रह्यो। 

आचार्य २०७४ सालको निर्वाचनमा सुनसरी-१ (१) बाट प्रदेशसभामा निर्वाचित भएका थिए। उनी प्रदेश-१ को मुख्यमन्त्रीसमेत बनेका थिए।