एमालेको पक्षमा मत थपेर सार्वजनिक गरेको विषय छानबिन गरी निष्कर्ष निकालेर मात्र मतगणना गर्न ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका छन्।
सुनसरी– लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी-४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गरेका छन्।
मतगणनाका क्रममा गए राति धाँधली भएको भन्दै उनले शनिबार साँझ बसेको सर्वदलीय बैठकमा छानबिन गर्न माग गरे। सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा जारी रहेको मतगणनामा धाँधली भएको आशंका रहेकाले मतगणना स्थगित गरी सर्वदलीय बैठक डाकिएको थियो।
शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम सूचीमा नेपाली कांग्रेसले प्राप्त गरेको ६०६ मत नेकपा(एमाले)को उम्मेदवारको पक्षमा जोडेको कांग्रेसको भनाइ छ।
सुनसरी बराहक्षेत्र–८ को मतगणना सम्पन्न भएपछि सार्वजनिक गरेको मत परिणाममा एमालेको पक्षमा ६०६ मत थप गरी २० हजार २११ मत परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको थियो।
यसरी एक पटकमा ६०६ मत एमालेको पक्षमा थपेर सार्वजनिक गरेको विषय छानबिन गरी निष्कर्ष निकालेर मात्र मतगणना गर्न कार्कीले माग गरेका हुन्। अनधिकृतरूपमा मतगणनाका लागि कार्मचारी पठाएको, मतपत्र जाँच नगरेको, आवश्यकताभन्दा बढी कर्मचारी खटाइए पनि सुस्त गतिमा मतगणना भएको लगायत आरोप कांग्रेसको छ।
कांग्रेसको तर्फबाट सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की, एमालेका तर्फबाट उम्मेदवार रहेका जगदीशप्रसाद कुसियैतलगायत विभिन्न पार्टीका नेताहरूको सहभागितामा सर्वदलीय बैठक बसेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
