मधेशमा नतिजा आउन बाँकी चारमध्ये दुई स्थानमा माओवादी केन्द्र, एक/एक स्थानमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अगाडि छन्।
जनकपुरधाम– मधेश प्रदेशका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये चार स्थानको नतिजा आउन बाँकी छ।
चारमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अगाडि छन्। निर्वाचन आयोगका अनुसार एमाले र नेपाली कांग्रेसले सात/सात स्थानमा जितेका छन्।
जसपाका उम्मेदवार पाँच क्षेत्रमा निर्वाचित भएका छन्। माओवादीले अहिलेसम्म कुनै पनि स्थानमा जित निकाल्न सकेको छैन। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन, स्वतन्त्रले तीन, एकीकृत समाजवादीले दुई र जनमत पार्टीले एक स्थानमा जित निकालेका छन्।
एमालेबाट सिरहा–१ मा रामसंकर यादव, धनुषा–३ मा जुली महतो, सर्लाही–३ मा हरिप्रसाद उप्रेती, बारा–१ मा अच्युतप्रसाद मैनाली, पर्सा–३ मा राजकुमार गुप्ता, सिरहा–३ मा लिलानाथ श्रेष्ठ र बारा–३ मा ज्वालाकुमारी साह निर्वाचित भएका छन्।
त्यसैगरी नेपाली कांग्रेसबाट सप्तरी–३ मा दिनेशकुमार यादव, धनुषा क्षेत्र–२ मा रामकृष्ण यादव, रौतहट–४ मा देवप्रसाद तिमलसेना, पर्सा–२ मा अजयकुमार चौरसिया, पर्सा–४ मा रमेश रिजाल, सप्तरी–४ मा तेजुलाल चौधरी र महोत्तरी–४ मा महेन्द्रकुमार राय छन्। धनुषा ४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव अगाडि छन्।
जसपाका उम्मेदवार पाँच स्थानमा निर्वाचित भएका छन्। सप्तरी–१ बाट नबलकिशोर साह, सिरहा–४ बाट वीरेन्द्रप्रसाद महतो, पर्सा–१ बाट प्रदीप यादव, बारा–२ मा रामसहायप्रसाद यादव र सिरहा–२ मा राजकिशोर यादव निर्वाचित भए। धनुषा–१ मा जसपा उम्मेदवार दीपक कार्कीले अग्रता कायम गरेका छन्।
माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले मधेशमा जित निकालेका छैनन्। तर, दुई क्षेत्रमा माओवादी उम्मेदवार अगाडि छन् । सर्लाही–२ मा महेन्द्रराय यादव र महोत्तरी–१ मा गिरिराजमणि पोखरेल अगाडि छन्। लोसपाका उम्मेदवार तीन क्षेत्रमा निर्वाचित भइसकेका छन्। महोत्तरी–२ मा शरदसिंह भण्डारी, सर्लाही–१ मा रामप्रकाश चौधरी र महोत्तरी–३ मा केन्द्रीय अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन्।
त्यसैगरी एकीकृत समाजवादीका दुई उम्मेदवार निर्वाचित भएका छन्। सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ र कृष्णकुमार श्रेष्ठ बारा–४ बाट विजयी भएका हुन्। जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सप्तरी–२ बाट निर्वाचित भएका छन्। त्यसैगरी तीन क्षेत्रमा स्वतन्त्र उम्मेदवारले जितेका छन्।
सर्लाही–४ मा अमरेशकुमार सिंह, रौतहट–२ मा किरणकुमार साह र रौतहट–३ मा प्रभु साह विजयी भएका हुन्। निर्वाचन आयोगको तथ्यांकअनुसार मधेशका आठ जिल्लामा प्रतिनिधिसभातर्फको ३२ सिटका लागि ५९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
