रूपन्देही–२ बाट एमालेका विष्णु पौडेल निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै रूपन्देही-२ बाट एमालेका विष्णु पौडेल विजयी भएका छन्।

काठमाडौँ– रूपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै पौडेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। एमालेका उपाध्यक्षसमेत रहेका पौडेल यसै निर्वाचन क्षेत्रबाट चौथोपटक निर्वाचित भएका हुन्। 

शुक्रबार साँझ सकिएको मतगणनामा पौडेलले २७ हजार १४७ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी गणेश पौडेलले २५ हजार ७८१ मत प्राप्त गरेको छन्। 

राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगर २२ हजार ८ मतसहित तेस्रो भए। उनलाई सत्ता गठबन्धनले सहयोग गरेको थियो। कुल १ लाख २६ हजार ८०७ मतदाता रहेको यस क्षेत्रमा ८१ हजार २०२ मत खसेको थियो।