कैलाली–२ बाट नागरिक उन्मुक्तिका अरूणकुमार चौधरी विजयी

कैलाली-२ बाट नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी नेकपा एमालेका उम्मेदारले भन्दा ५ हजार ७४३ मत ल्याए विजजी भएका छन्।

कैलाली– कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन्। चौधरी नेकपा एमालेका उम्मेदारले भन्दा ५ हजार ७४३ मत ल्याए विजजी भएका हुन्।

निर्वाचन अधिकृत तेजप्रताप जोशीका अनुसार चौधरीले २१ हजार ८७१ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार १२८ मत प्राप्त गरे। 

नेकपा माओवादी केन्द्रका भगतबहादुर बडुवालले १५ हजार ११६ मत प्राप्त गरे। यस्तै, राप्रपाका भरतसिंह विसीले २ हजार ७८४ मत प्राप्त गरे। १ लाख ४ हजार ९०६ मतदाता रहेको यस क्षेत्रमा ६० हजार ३७४ मत खसेको थियो।