मोरङ–६ बाट नेपाली कांग्रेसका डा. शेखर कोइराला निर्वाचित भएका छन्। नेकपा एमालेका लालबाबु पण्डित पराजित भएका छन्।
मोरङ– मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ–६ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ३५ हजार २२४ मत प्राप्त गरी विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका लालबाबु पण्डितले २२ हजार ९४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए।
तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले नौ हजार १४० मत प्राप्त गरेका छन्।
निर्वाचन क्षेत्र नं ६(२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की १० हजार ४५० मत प्राप्त गरी विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण बस्नेत (पर्शुराम)ले नौ हजार २७३ प्राप्त गरे। तेस्रो स्थानमा रहेका राप्रपाका राजेशकुमार मास्केले तीन हजार ८३७ मत प्राप्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
