पाल्पा-२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

पाल्पा २ बाट एकीकृत समाजवादी पार्टीका सोमप्रसाद पाण्डेलाई हराउँदै नेकपा एमालेका ठाकुर गैरे निर्वाचित भएका छन्।

काठमाडौँ– पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे निर्वाचित भएका छन्। गैरे ३ हजार ९६६ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

शुक्रबार सकिएको मत गणनामा एमाले नेता गैरेले २७ हजार ८१७ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी रहेका एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २३ हजार ८५१ मत प्राप्त गरे।