अहिले आमनागरिकमा दुर्व्यवहारका घटना हुनासाथ प्रहरीलाई खबर गर्ने र सूचना दिने बानीको विकास भएको छ।
काठमाडौँ– तत्कालीन संविधानसभाका सदस्य योगेन्द्र घिसिङ सार्वजनिक बसमा सँगै यात्रारत कलेज पढ्ने युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा २०७६ भदौ २३ गते पक्राउ परे।
रत्नपार्कबाट ललितपुरको भैँसेपाटीतर्फ जाने क्रममा उनले बसमा यात्रा गरिरेहकी युवतीमाथि दुर्व्यवहार गरेका थिए।
ललितपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दुर्गा सिंहले पुष्टि गरेअनुसार पक्राउ परेको केही दिनपछि घिसिङ पाँच हजार रुपैयाँ धरौटीमा छुटेका थिए।
घिसिङ २०७० सालको संविधानसभा चुनावमा तत्कालीन एकीकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सभासद् बनेका व्यक्ति हुन्।
निजी व्यवसायीहरूले चलाएको नेपालको सार्वजनिक यातायातमा यात्रुहरू यति धेरै राखिन्छ, जुन सवारीको भारवहन क्षमताको दुई–तीन गुणासम्म हुन्छ। लुटपाट र यौनहिंसा गर्नेहरू त्यही मौका छोपेर भिडमा छिर्छन्।
२०७६ चैतमा ‘अप्रेसन सेफ्टी पिन अभियान’को थालनीसँगै त्यस्ता दुर्व्यवहारमा संलग्न ५४० जनालाई प्रहरीले पक्रेर कारबाही गरेको थियो।
व्यस्त सडकमा बिहान कार्यालय समयअघि र साँझ छुट्टी भएपछिको समयमा गाडीका सहचालकहरू यात्रु भर्न तँछाडमछाड गर्छन्। उनीहरू सानो क्षमताको गाडीमा समेत अटाइञ्जेल यात्रु कोच्छन्।
खाँदिएका यात्रुको सामानको सुरक्षा त परको कुरा, उनीहरू स्वयं हिंसामा परेको पत्तो हुँदैन।
सवारी पूर्वाधारको निगरानी गर्ने जिम्मेवार निकाय नहुँदा दिनहुँ सार्वजनिक यातायातमा दुर्व्यवहारका घटना बढेको सडक सवारीविज्ञ भगवती सेढाईं बताउँछिन्।
यातायात व्यवसायीहरूले बढी मुनाफा कमाउने लोभमा क्षमताभन्दा बढी यात्रु राख्ने र यात्रुको सुरक्षामा वास्तै नगर्ने गरिदिँदा सार्वजनिक सवारी अव्यवस्थित भई दुर्व्यवहारका घटना बढेको उनको भनाइ छ।
सार्वजनिक सवारीमा हुने चोरी, डकैती, लुटपाट र यौनजन्य हिंसा रोक्न विगतमा गाडीभित्रै सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएको थियो।
त्यस्ता अपराधविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नेपाल प्रहरीको विगत पाँच वर्षको तथ्यांकले भने रोकथाम र नियन्त्रणका कार्यक्रमसँगै दुर्व्यवहार, यौनहिंसा र लुटपाटका घटना बढिरहेको देखाउँछ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल भने प्रहरीले चलाएको सचेतनाका कारण दुर्व्यवहार न्यूनीकरणमा सहयोग पुगेको बताउँछन्।
यात्रुमा सचेतना बढेका कारण उजुरी गर्ने र सूचना दिनेको संख्या थपिँदा तथ्यांक पनि बढेको देखिएको उनको भनाइ छ।
डीआईजी ढकालका अनुसार अहिले आमनागरिकमा दुर्व्यवहारका घटना हुनासाथ प्रहरीलाई खबर गर्ने र सूचना दिने बानीको विकास भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
