अद्यावधिक मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा छ भने नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
काठमाडौँ- मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ।
निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणामअनुसार एमालेले ११ लाख २१ हजार दुई सय २१ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ६३ हजार नौ सय ५७ मत प्राप्त गरेको छ। त्यस्तै, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच लाख ३१ हजार पाँच सय २० मत प्राप्त गरेको छ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले चार लाख ८६ हजार ९१ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ८० हजार एक सय पाँच, जनता समाजवादी पार्टी नेपालले एक लाख ३१ हजार आठ सय १०, नेकपा (एकीकृत समाजवादी) ले ८० हजार तीन सय दुई मत प्राप्त गरेको छ।
जनमत पार्टीले ८० हजार दुई सय ३२ मत प्राप्त गरेको छ भने नागरिक उन्मुक्ति पार्टीले ७९ हजार सात सय ५२ मत प्राप्त गरेको छ।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीको ५७ हजार सात सय ७० मत रहेको छ। लोकतान्त्रिक समाजवादी नेपालको ५६ हजार दुई सय २१, हाम्रो नेपाली पार्टीको ३३ हजार चार सय १९ तथा राष्ट्रिय जनमोर्चाको ३० हजार ६२ मत रहेको निर्वाचन आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
