काभ्रेबाट हराएको गौतम बुद्धको मूर्ति ४८ वर्षपछि नेपालमै भेटिएको छ। अष्ठधातुबाट निर्मित उक्त मूर्ति राष्ट्रिय संग्राहालय छाउनीमा फेला परेको हो।
काभ्रे- बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय संग्राहालय छाउनीमा फेला परेको छ।
हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताए। बहिटोलबाट हराएको उक्त मूर्ति आगामी बुधबार बाजागाजासहित स्थानियवासी र नगरपालिकाको संयुक्त पहलमा सोही स्थानमा प्रतिस्थापन गरिने बनेपा नगरपालिकाका नगरपमुख शान्तिरत्न शाक्यले बताए।
प्रतिस्थापन गर्नुअघि मूर्तिलाई नाला तीनदोबाटोदेखि टेलिकम हुँदै नगर परिक्रमा गराउने कार्यक्रम तय भएको उनले बताए।

मन्दिरबाटै चोरी भएको बुद्धको मूर्ति केही समयअघि नै काठमाडौँस्थित राष्ट्रिय संग्रहालय छाउनीमा रहेको सूचना पाए पनि अहिले ल्याउने तयारी थालिएको भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताए। पुरातत्व विभागको सक्रियतामा मन्दिरको पुनः निर्माणपछि मात्र पूर्ण सुरक्षा र व्यवस्थापनका साथ मूर्तिको प्रतिस्थापन गर्न लागिएको उनको भनाइ छ।
मूर्ति हराउनुअघि मन्दिरको अवस्था र व्यवस्थापन प्रभावकारी नभएकाले मूर्ति हराएको स्थानीयवासीको भनाइ छ। पुरातत्व विभागले रु एक करोडको लगानीमा मन्दिरको पुनः निर्माण गरेको छ।
आगामी दिनमा मूर्ति र मन्दिरको सुरक्षाका लागि सीसी क्यामरा, मजबुत संरचनालगायतको व्यवस्थापन गरिएको श्रेष्ठको दाबी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
