समानुपातिकतर्फ कुन दलको मत कति?

समानुपातिकतर्फको जारी मत गणनामा एमाले पहिलो स्थानमा रहँदा कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा छन्।

काठमाडौँ– प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ। बिहीबार राति ७ः४५ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार एमालेले ७ लाख १४ हजार ७०३ मत प्राप्त गरेको छ।

नेपाली कांग्रेसले ६ लाख ७७ हजार १६०, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख ३९ हजार २१०, नेकपा (माओवादी केन्द्र)ले ३ लाख १५ हजार ८८०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ६४ हजार २७८, नेपाल मजदुर किसान पार्टीले ५२ हजार ६६९, जनता समाजवादी पार्टी नेपालले ९६ हजार ४०३, जनमत पार्टीले ५५ हजार ३१५, नागरिक उन्मुक्ति पार्टीले ५३ हजार ७८१ र नेकपा (एकीकृत समाजवादी) पार्टीले ४६ हजार ९८३ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ३७ हजार ५६४ मत प्राप्त गरेका छन्।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले १ लाख ४० हजार ४६४, कांग्रेसले १ लाख २६ हजार ५५०, माओवादी केन्द्रले ४८ हजार ९६६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६ हजार ८५७ र जनता समाजवादी पार्टी, नेपालले २१ हजार नौ सय ४४ मत प्राप्त गरेका छन्।

मधेस प्रदेशमा कांग्रेसले ६० हजार ६९४, एमालेले ४७ हजार ३९५, जनता समाजवादी पार्टी नेपालले ३८ हजार ७५६, जनमत पार्टीले ३४ हजार ८६५ र माओवादी केन्द्रले १९ हजार ११० मत प्राप्त गरेका छन्।

बागमती प्रदेशमा एमालेले एक लाख २५ हजार ९९३, कांग्रेसले एक लाख १४ हजार ५००, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८७ हजार ३७९, नेपाल मजदुर किसान पार्टीले ५५ हजार २४६ र माओवादी केन्द्रले ४५ हजार २२२ मत प्राप्त गरेका छन्।

गण्डकीमा एमालेले एक लाख ५१ हजार ९६६, कांग्रेसले एक लाख ३७ हजार ६५३, माओवादी केन्द्रले ७५ हजार ५०२, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार ३५६ र नेकपा (एकीकृत समाजवादी) नौ हजार १८४ मत प्राप्त गरेका छन्।

लुम्बिनी प्रदेशमा एमालेले एक लाख ८० हजार ३९५, कांग्रेसले एक लाख ५२ हजार १३७, माओवादी केन्द्रले ५३ हजार ७३७, राप्रपाले ४३ हजार ४८८ र नागरिक उन्मुक्ति पार्टीले २१ हजार ५११ मत प्राप्त गरेका छन्।

कर्णाली प्रदेशमा माओवादीले ३७ हजार ४४८, एमालेले २१ हजार ८२१, कांग्रेसले १४ हजार ४१२, नेकपा (एकीकृत समाजवादी) ले चार हजार ८४१, राप्रपाले २ हजार ७५० र नेपाल मजदुर किसान पार्टी १ हजार २४१ मत प्राप्त गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा एमालेले नौ हजार ५३३, कांग्रेसले सात हजार ८६, माओवादी केन्द्रले पाँच हजार २७३, राप्रपाले एक हजार ४७१ र नागरिक उन्मुक्ति पार्टीले दुई हजार ३३५ मत प्राप्त गरेका छन्।