प्रभु साह निकटतम प्रतिस्पर्धी ओमप्रकाश जयसवालले भन्दा ७ हजार बढी मत ल्याएर रौतहट-३ बाट निर्वाचित भएका छन्।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट-३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन्। साह प्रतिस्पर्धी उम्मेदवारले भन्दा ७ हजार २३७ मत बढी ल्याएर निर्वाचित भएका हुन्।
माओवादी केन्द्रको समर्थन पाएका साहले ३२ हजार ४३७ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले २५ हजार २०० मत ल्याए।
मधेश प्रदेशमा नेकपा एमाले जसपासँग तालमेल गरेपछि साहले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए। साहको यो चौथो जित हो। २०६४ सालयताका निर्वाचनमा साह यसै क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
