सप्तरी–१ मा जसपाका नवलकिशोर साह जनमत पार्टीका जयकान्त राउतलाई तीन हजार ५७२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन्।
सप्तरी–१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नवलकिशोर साह प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी २३ हजार ५६४ मत ल्याएर विजयी भएका हुन्। उनले जनमत पार्टीका जयकान्त राउतलाई तीन हजार ५७२ मतान्तरले पराजित गर्दै निर्वाचित भए।
निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ कञ्चनरुप, सप्तरीका अनुसार साहले २३ हजार ५६४ र निकटतम प्रतिद्वन्द्वी राउतले १९ हजार ९९२ मत प्राप्त गरे। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामदेव साहले १४ हजार ३१२ मत प्राप्त गरे।
गतप्रतिनिधिसभाको निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका डा. सूर्यनारायण यादव विजयी भएका थिए। राजपाबाट नवलकिशोर साह गत निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
प्रतिनिधिसभा सदस्यतर्फ सप्तरी ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव र सप्तरी–२ मा जनमत पार्टीका सिके राउत विजयी भइसकेका छन्। सप्तरी–४ मा कांग्रेसका तेजुलाल चौधरीले अग्रता बढाएका छन्। चौधरीलाई जसपाका बालकिशोर यादव र जनमतका सुकदेवप्रसाद साहले पछ्याइरहेका छन्।
हालसम्म घोषित परिणामअनुसार सप्तरीमा कांग्रेस, जसपा र जनमत पार्टीले एक/एक प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेको छ। प्रदेशसभामा जनमत पार्टीले चार, कांग्रेस र एमालेले एक/एक प्रदेशसभा सदस्यमा जित हासिल गरेको छ। बाँकी प्रदेशसभा ४ (१) मा नेकपा (एस) का गोविन्दबहादुर न्यौपाने र ४ (२) मा स्वतन्त्रका अनिरुद्ध कुमार यादवले अग्रता कायम राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
