झापा-३ बाट राप्रपाका राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला ३ हजार मतान्तरले पराजित भएका छन्।
काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्रप्रसाद लिङ्देन निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई ३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।
बिहीबार सकिएको मतगणनामा राप्रपा अध्यक्षसमेत रहेक लिङ्देनले ४० हजार ६४८ मत पाए। उनका निकटतम प्रतिस्पर्धी रहेका सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरे। उनीहरूबीच ३ हजार २७६ मतान्तर रह्यो।
लिङ्देनलाई नेकपा एमालेले समर्थन गरेको थियो भने सिटौलालाई वाम लोकतान्त्रिक गठबन्धनको साथ थियो।
लिङ्देन लगातार दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा-३ बाटै ४४ हजार ६१४ ल्याएर निर्वाचित भएका थिए। त्यतिबेला पनि लिङ्देनसँग कांग्रेस नेता सिटौला पराजित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
