नेपाली कांग्रेसका पद्मनारायण चौधरीलाई २ हजार मतान्तरले पराजित गर्दै सिरहा-१ बाट नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन्।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा-१ बाट नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन्। यादवले २ हजार ८३ मतान्तरले नेपाली कांग्रेसका पद्मनारायण चौधरीलाई पराजित गरेका हुन्।
बिहीबार सकिएको मतगणनामा यादवले २९ हजार ४६२ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी रहेका चौधरीले २७ हजार ३७९ मत पाए। यस्तै, जनमत पार्टीका युगल किशोर साह ६ हजार ८४९ मतसहित तेस्रो भए।
२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहा–१ बाट कांग्रेसका प्रदीप गिरि निर्वाचित भएका थिए। गिरिले २३ हजार ९५१ मत प्राप्त गरेका थिए भने, उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३७१ मत पाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
