स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशीले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका गोविन्दराज बोहरालाई पराजित गरेका छन्।
काठमाडौँ– डडेलधुराको प्रदेशसभा १ मा गठबन्धनमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका डा. ताराप्रसाद जोशी निर्वाचित भएका छन्।
उनले लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्दराज बोहरालाई पराजित गरे। बोहरा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र हुन् भने उनी सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला सामाजिक विकासमन्त्री पनि।
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जोशीले ११ हजार १७० मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी बोहराले १० हजार ९७० मत प्राप्त गरे।
०७४ को चुनावमा समानुपातिकतर्फबाट बोहरा सांसद बनेका थिए। अहिले उनी प्रत्यक्षमा चुनाव लडेका थिए।
जोशी नेकपा एमाले डडेलधुराका पुराना नेता हुन्। एमालेभित्र पटक-पटक अन्यायमा परेको भन्दै उनले गत वर्ष मात्रै नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी रोजेका थिए।
यस पटकको चुनावमा उनले गठबन्धनको साझा उम्मेदवारका रूपमा प्रदेशसभामा चुनाव लडन चाहेका थिए। तर, सिट बाँडफाँटमा डडेलधुरा नेकपा एकीकृत समाजवादीको भागमा परेन।
पार्टीले गठबन्धनविरुद्ध उम्मेदवारी नदिन दबाब पनि दिएको थियो। तर, उनले विद्रोह गर्दै स्वतन्त्र हैसियतमा प्रदेशसभामा उम्मेदवारी दिए। उनलाई नेपाली कांग्रेस बीपीले समर्थन गरेको थियो।
सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पराजित गर्दै अन्ततः उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। ०७४ को निर्वाचनमा प्रदेशसभा २ बाट वाम गठबन्धन हुँदा पनि नेपाली कांग्रेसका कर्णबहादुर मल्लसँग झिनो मतान्तरले पराजित भएका जोशी यसपटक गठबन्धनभित्र विद्रोह गरेर स्वतन्त्र रूपमा चुनाव जित्न सफल भए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
