पर्वतबाट एमालेका पदम गिरी विजयी

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी विजयी भएका छन्।

पर्वत– पर्वतबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी विजयी भएका छन्।

गिरी दोस्रो पटक प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन्। गिरीले कांग्रेसका अर्जुन जोशीलाई दुई हजार २६३ मतान्तरले पराजित गरे। उनले २९ हजार ८७२ मत पाएका छन्।

काँग्रेसका जोशीले २७ हजार ६०९ मत पाएका छन्।