रूपन्देही–३ मा बालकृष्ण खाँणको अग्रता कायमै

३७ हजार ६ सय ८ मत गन्दा खाँणले १५ हजार ८७ मत ल्याएर अग्रता लिइरहेका छन्।

काठमाडौँ- प्रतिनिसभा सदस्य निर्वाचनअन्तर्गत रूपन्देही-३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको अग्रता कायमै छ।

३७ हजार ६ सय ८ मत गन्दा सत्ता गठबन्धनका उम्मेदवार खाँणले १५ हजार ८७ मत ल्याएका छन्। 

उनलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले पछ्याइरहेका छन्। उनले १४ हजार २१६ मत प्राप्त गरेका छन्। 

कुल एक लाख ३२ हजार ७९१ मतदाता रहेकोमा ९२ हजार ९७२ मत खसेको थियो।