कञ्चनपुर-३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका छन्।
कञ्चनपुर- जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका अनुसार लेखकले ३० हजार ५२३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का निरुदेवी पालले १८ हजार ४४८ मत प्राप्त गरिन्।
त्यसैगरी, तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले दुई हजार २० मत प्राप्त गरे।
स्वतन्त्र उम्मेदवार दीपकबहादुर सिंहले एक हजार १४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका सूचना अधिकारी ताराप्रसाद शर्माले यो क्षेत्रमा ५७ हजार सात सय ५८ मत खसेको बताए।
उनले कूल खसेको मतमा ५४ हजार ५९ मत सदर र तीन हजार ५९९ मत बदर भएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
