बुधबार सम्पन्न खेलमा गण्डकी बागमती प्रदेशसँग ७४ रनले पराजित भएको छ।
काठमाडौँ– युवा ब्याटर अर्जुन कुमाल शतकबाट चुक्दा गण्डकी प्रदेश वाई वाई यू-१९ राष्ट्रिय प्रतियोगिता पहिलो खेलमा पराजित भएको छ। बुधबार सम्पन्न खेलमा गण्डकी बागमती प्रदेशसँग ७४ रनले पराजित भएको हो।
जितका लागि २९४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ४५.४ ओभरमा २१९ रनमा अलआउट भयो। गण्डकीका ओपनर अर्जुनले ११९ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ९८ रन बनाए।
तीव्र गतिका बलर ओमाकार यादवको ४४औँ ओभरको पाँचौं बलमा अर्जुन डिप मिडविकेटमा सट खेल्न खोजेपछि क्याच आउट भएका थिए।
अर्जुनलाई अर्को एन्डबाट भने कुनै पनि ब्याटरले राम्रो साथ दिन सकेनन्। चिब्रिन श्रेष्ठले २२ बलमा २ चौकासहित २१ रन बनाए।
यता, गोविन्द विक, करण पंगेनी र कप्तान सुवाश भण्डारीले १३/१३ रन बनाए। बाग्मतीका सक्रिय कार्की, ओमकार यादव र प्रतिक श्रेष्ठले २/२ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८.१ ओभरमा २९३ रन बनाउँदै अलआउट भयो। बागमतीका उत्तम थापाले सर्वाधिक ८७ रन बनाए। उनले ७० बलमा १० चौका र ३ छक्का प्रहार गरे।
योगेश भाटले ४२ बलमा ५ चौका र ३ छक्कासहित ५२ रन बनाए। ओमकार यादवले ३७, अभिषेक कोइरालाले ३२, अथर्व फ्युँयालले २१ र सक्षम बास्ताकोटीले १८ रन बनाए।
गण्डकीका सुदीप अर्याल र निर्तेश गिरीले ३/३ विकेट लिए। सुवाश भण्डारी, अर्जुन कुमाल र चिब्रिन श्रेष्ठले १/१ विकेट लिए। प्रतियोगितामा ७ प्रदेशका टोलीबीच सिंगल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा हुने छ। शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
