वसन्तपुर पुग्ने जोकसैका लागि खुला हुन्छ जुनकिरी नारीवादी पुस्तकालय। नामैले यसको उद्देश्य स्पष्ट छ, यहाँ लैंगिकताबारे लेखिएका पुस्तक उपलब्ध छन्। तर यसको उद्देश्य पुस्तक पढाउनुमा मात्र सीमित छैन।
काठमाडौँ- भ्वाइस अफ वुमन (भीओडब्लू) मिडियाबाट संचालित पुस्तकालयको नाम हो, जुनकिरी नारीवादी पुस्तकालय। काठमाडौँको वसन्तपुरमा रहेको यो पुस्तकालयमा लैंगिकताबारे लेखिएका स्वदेशी र विदेशी लेखकका पुस्तकहरू पाइन्छ।
नारीवादी र महिलाको विषयमा केन्द्रित साहित्य र विचारहरू भएका पुस्तकलाई महत्त्वका साथ ठाउँ दिइने यसका निर्देशक पूजा पन्त बताउँछिन्। यो पुस्तकालय २०७२ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको थियो। यसले कला, सञ्चार र शिक्षाको माध्यमबाट महिला सशक्तिकरण र उत्थानमा पनि काम गरिरहेको पन्त बताउँछिन्।
यो गैरनाफामूलक संस्था हो। शुरूमा दानका लागि आह्वान गरेर पुस्तक संकलन गरिएको थियो। अहिले भने नयाँ आएका महिलासँग सम्बन्धित पुस्तकहरू आफैँले किनेर पुस्तकालयमा राख्ने गरिएको पन्त बताउँछिन्।
बाँकी कथा भिडियोमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
